एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

काठमाडौँ, १६ मंसिर । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट ४०९ थान, पाँच सय दरको नोट ८० थान, एकसय दरको नोट १७५ थान, ५० दरको नोट १७५ थान, २० दरको नोट ३५० थान, १० दरको नोट ४४० थान र पाँच दरको नोट १८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ वैशाख । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका