चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

भक्तपुर, १५ मंसिर । भक्तपुरको डोलेश्वरबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । 

बुधबार पक्राउ परेका उनीहरूलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीका लागी सम्बन्धित वृत्तहरूमा आज बुझाएको छ ।काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुरको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमश: प्रहरी वृत सिंहदरबार र महाराजगन्ज बुझाइएको हो । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथली स्थित राष्ट्रिय वाणिज्य बैङ्क पछाडिबाट वास्तविक नम्बर बागमती प्रदेश ०२-०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सूर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित पार्किङमा वास्तविक नम्बर बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका