नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पुरा गर्छः मन्त्री खाँण

काठमाडौँ, १५ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् । उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो । यो निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन आयोग र मतदानमा खटिनुभएका न्यायाधिशहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवक कर्मचारीहरु, नेपाली मतदाताहरुको अपूर्व योगदानका कारण नै मतदान सम्पन्न भएको छ । निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ । राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामुहिक प्रयत्न गर्नेछ । शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका