समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेको डेढ लाख मतको अग्रता : अरुको कति ?

काठमाडौँ, १५ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ । पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिकमा २७ लाख २२ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २५ लाख ८६ हजार मत पाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७५ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । २ लाख ९० हजार मत कटाएको नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्ड कटाउन संघर्षरत छ ।

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातामध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका