नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै

काठमाडौँ, १५ मंसिर । राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठाइदिनुपर्ने धपेडीले यो वर्ष मध्यतराईका किसानको बाली अझै भित्रिन सकेको छैन ।

समयमा घरमा बाली भित्र्याउन नपाउँदा सालभर गुजारा चलाउनुपर्ने धानबालीका बाला खेतका गहरामा नै झुरिइएर खसिरहेका छन् । ‘किसानको बाली भित्र्याउन पर्ने समय आफूहरूलाई एक गेंडो अन्न जति पनि सहयोग नगर्ने राजनीतिकर्मीको बाली पहिले उठाइदिन बाध्य भयौं,’ पर्सा जिराभवानी गाउँपालिकाका किसानमध्ये केहीले भने । किसानलाई भने अहिले झन् बाली भित्र्याउन चटारो थपिएको छ । ‘नेताका धपेडीमा सघाइदियौं, अब हाम्रो धपेडीमा सघाइदिने कोही छैन,’ किसान रामनरेश यादव गुनासो गर्छन् ।

‘नेताको जय जय भयो, हामी किसान सधैं उस्ताको उस्तै,’ खेतमै भेटिएका लालबहादुर महतोले गुनासो पोखे । पहिलेझैं अहिले कृषि कर्मका लागि श्रमिक पनि पाइ“दैन । सकीनसकी एक दुई जनाका भरमा खेती उठाउन बाध्य हुनुपरेको पर्सा जिराभवानी गाउँपालिका–२ सेढवाका किसान भागवतप्रसाद महतो भन्छन्, ‘तीन दिनदेखि कसरी बाली उठाइसक्ने भन्ने तनावले हैरान पारेको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका