काठमाडौँ, १४ कार्तिक । नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामि पुस १७ (सन् २०२३ जनवरी १) लाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो ।
प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुई महिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ । प्राधिकरणले भने झन्डै तीनमहिना अघि विमानस्थल संचालनको दिन तोक्दा यहाँको विमानस्थल संचालनका जे जस्ता अप्ठेरा थिए, ती अहिले पनि उस्तै छन् । विमानस्थल संचालनलाई अवरोध मानिएका मुख्य बाधक अझै हटिसकेका छैनन ।
उडानको तिथि तोक्दा बाहिरी अप्ठेरा जे जस्ता थिए, ती अहिले पनि उही रुपमा छन । ती बाधक नहटेसम्म यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नहुने प्राधिकरणले यसअघि नै बताईसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।