बेरोजगारको सङ्ख्या ८ लाख ४१ हजार पुग्यो

काठमाडौँ, १४ कार्तिक । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी  सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि सङ्ख्या बढेको बताए। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ मंसिर । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते

काठमाडौँ, २६ मंसिर । झापामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा

काठमाडौँ, २६ मंसिर । बझाङमा भूकम्प गएको छ । आज बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, २६ मंसिर । सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।  सतुङ्गलमा चन्द्रागिरि