सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र

काठमाडौँ, १४ कार्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ ।

तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका (विन्टर सेड्युल) अनुसार चार्टर उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । प्राधिकरणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार