बाँके, १३ कार्तिक । बाँकेमा आगलागीबाट एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको काँचको चुराको गोदाममा आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर ओलीको मृत्यु भएको हो ।
आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।