गृहमन्त्री खाँणद्वारा संकल्पपत्र सार्वजनिक

बुटवल, १३ कार्तिक । रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छन् ।

आज खाँणले ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरू, निर्वाचन क्षेत्रभन्दा बाहिरका क्षेत्रलाई समेत समेटेर संकल्पपत्र बनाएका छन् । भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुदलगायतका विषय संकल्पपत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।