काठमाडौँ, १३ कार्तिक । मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ ।
आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ ।