दार्चुला घटनामा परराष्ट्रलाई गृहको अनुरोध : आवश्यक समन्वय र पहल गरिदिनु

काठमाडौँ, १३ कार्तिक । भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराको छोरा करिब १० वर्षका पवन महराको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले उक्त घटनाको थप अनुसन्धान भइरहेको साथै उक्त घटनाबाट पीडित परिवारका सदस्यहरुलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा कूटनैतिक तबरबाट आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको उल्लेख गरेको छ ।

सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्व सावधानी अपनाउनका लागि स्थानीय प्रशासन समेतको समन्वयमा जानकारी गराउन तथा घटनाबाट पीडित परिवारका सदस्यलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय तथा पहल गरिदिनका लागि गृह मन्त्रालयले पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई आज अनुरोध गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९