काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।