सिरहा, १२ कार्तिक । जिल्लाको गोलबजार नपा–८ मा रहेको मैनावती खोलामा नवजात शिशुको शव फेला परेको छ ।
शनिबार बिहान छठपर्वको लागि खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आवश्यक प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।