मैले सुरु गरेका विकासका योजनाहरु पूरा गर्छु : मन्त्री चौधरी

काठमाडौँ, १२ कार्तिक । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ”लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् । 

स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद  नहाेउला, म फेरि मन्त्री बनौला  या  नबनाैला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरु, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’

राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफुले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २४ मंसिर । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ ।

हेटौँडा, २४ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज

काठमाडौँ, २४ मंसिर । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि