काठमाडौँ, १२ कार्तिक । मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । आयोगका अनुसार मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको हो ।
हिजोदेखि सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ ।
आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ ।