भीरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु

धनगढी, ११ कार्तिक । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको हो ।

वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ । भारतको बाटो भएर जानुपर्ने अवस्था भएकाले केही घण्टामा मात्र टोली त्यहाँ पुग्ने बताइएको छ  ।

बालक आमाबुवासँगै रहेको बताइए पनि उनीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । स्थानीयले भने भारतीय पक्षले धार्चुलाको लखिमपुर क्षेत्रमा सडक निर्माण गरिरहेको र सोही क्रममा ढुङ्गा खसेर बालकको मृत्यु भएको बताएका छन् तर प्रहरीले भने टोली पुगेपछि मात्र थप कुरा थाहा हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।