काठमाडौँ, ११ कार्तिक । नेपाल प्रहरीमा एआईजीको उमेरहद बढाउन अर्थमन्त्री जनार्दन शर्माले चलखेल गरेका छन् । यसले प्रहरी संगठनभित्र असन्तुष्टि बढाएको छ ।
गएको साता मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५८ वर्ष बनाउनुपर्ने बताएका थिए । उनले उमेरहदबारे कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले भने त्यसबारे कुनै प्रतिक्रिया नएिको बताइएको छ ।
प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । सोअनुसार आईजीपीको उमेरहद ५८ वर्ष छ । एआईजी र डीआईजीको उमेरहद ५६ वर्ष छ । यस्तोमा ५७ वर्ष लाग्नेबित्तिकै एआईजी र डीआईजीले अनिवार्य अवकाश पाउँछन् ।