कावासोती, ११ कार्तिक । पूर्वी नवलपरासीमा बिहीबार दुईजना मृत फेला परेका छन् । बुलिंगटार गाउँपालिका–६, हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घरनजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । यस्तै, गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ ।
गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए । रासस