ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ, ११ कार्तिक । जिल्लाको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्‍याएका छन् ।  एनबीसी

एजेन्सी, २४ मंसिर । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका

सोल, २३ मंसिर । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका

एजेन्सी, २३ मंसिर । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा