ड्रोनको प्रयोगमा थप कडाइ गर्दै सरकार 

काठमाडौँ, ११ कार्तिक । सरकारले ड्रोनको प्रयोगमा थप कडाइ गर्ने संकेत गरेको छ । दुई केजीभन्दा माथि तौल भएका ड्रोन प्रयोग गर्नु परे अब गृह मन्त्रालयसँग अनुमति लिनु पर्ने भएको छ । 

मन्त्रालयले अनुमति नलिइ ड्रोनको प्रयोग गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।  “अति आवश्यक प्रयोजनका लागि त्यस्ता उपकरण प्रयोग गर्नु परेमा २ के.जी. तौलसम्मका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिने व्यवस्था उडान सम्बन्धी कार्यविधि, २०७५ ले गरेको हुँदा सोही बमोजिम अनुमति लिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” गृह मन्त्रालयले केही समय अगाडि जारी गरेको सूचनामा भनेको छ, “उल्लिखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानुन बमोजिम कारबाही हुनेछ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।