भक्तपुर, १० कार्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड दिपावलीको अन्तिम दिन भाइटीकाको शुभ अवरमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ को तर्फबाट उम्मेदवार बन्नुभएका महेश बस्नेतले आफ्नो बहिनीहरुबाट टीका ग्रहण गरी मनाउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा नेता बस्नेतले आफ्नो चेलीबाट टीका ग्रहण गरी नेपाली परम्परा अनुसार मनाउनुभयो । उहाँले आज भाइ टीकाको पावन दिन बहिनीहरु राधा थापा बस्नेत, शोभा कार्की बस्नेत र शारदा खनाल बस्नेतको हातबाट टीका ग्रहण गरि भब्य रुपमा मनाउनुभयो । उहाँले आज नेपाली साईत अनुसार ११ः३७ मा टीका लगाउनुभएको हो ।
नेपाली धर्म, संस्कृति तथा परम्परालाई जोगाई राख्नुपर्नेमा विशेष भूमिका खेल्दै आउनुभएका नेता बस्नेतले नेपाली संस्कृतिलाई जगेर्र्ना गर्दै विश्वसामु अझ बढी परिचित गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । नेपाली धर्म, संस्कृति, कलालाई नेपालको लागि महत्वपूर्ण पर्यटकीय गन्तब्य तथा आर्थिक उपार्जनको क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले टीका ग्रहणपछि नेपाली धर्म, कला, संस्कृतिसँग जोडिएका मठमन्दिर, गुम्बा, पार्टी पौवा, धार्मिक विश्रामघरलगायत क्षेत्रहरुले समाजलाई अनुशासित बनाउने गरेको उल्लेख गर्नुभयो ।