पोखरा, ९ कार्तिक । कास्कीको पोखरामा ५ लाख ३१ हजार रुपैयाँसहित २३ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुवेदीसहित २३ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो ।