पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु

दैलेख, ९ कार्तिक । लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ ।

नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो ।

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए ।

जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चार महिना महँगी बढेको छ । बैंकले

पर्सा, २७ मंसिर । जिल्लामा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार आज बिहान वीरगंज महानगरपालिका–३२

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

काठमाडौँ, २७ मंसिर । काठमाडौँबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको टोखा नगरपालिका-१० स्थित