राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

काठमाडौँ, ९ कार्तिक । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ ।

मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसदबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डन स्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए । यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा पनि तिमिल्सिना सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् ।

चितवन, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन  गर्नुपर्नेमा जोड दिएका छन्

काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका

काठमाडौँ, २२ मंसिर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन