वीरगञ्ज, ८ कार्तिक । वीरगञ्जबाट नगद १ लाख १९ हजार भन्दा बढी रकमसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सोमबार राति पौने ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौस्थित जुवा खालमा छापामारी गरेको हो । प्रहरीले वीरगञ्ज–१७ अलौंमै बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियालाई पक्राउ गरेको हो ।
जुवाको खालबाट नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।