सर्लाही, ८ कार्तिक । जिल्लाको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवानको मृत्यु भएको हो । पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।