प्रधानमन्त्री देउवाद्वारा ऋषि सुनकलाई बधाई

काठमाडौँ, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन् । उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न