मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

वीरगञ्ज, ८ कार्तिक । पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो   । असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी  थिइन् ।  उनलाई  उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।

थप उपचारको लागि साढे ८ बजे  एल.एस.न्युरो अस्पतालमा रिफर गरिएको थियो ।  उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको हो । यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि  छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ ।

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा

हेटौँडा, २४ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज

काठमाडौँ, २४ मंसिर । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि