जुम्ला, ८ कार्तिक । जुम्ला सदरमुकाम खलङ्गामा दुई हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण जुम्लाका अनुसार गएको असोज १९ गतेदेखि परेको एक हप्ताको अविरल वर्षासँगै आएको बाढी पहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । बाढी पहिराले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति पुगेको छ ।
खलङ्गामा दुई हप्तादेखि नेसनल ग्रिड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलङ्गामा काम चलाउ वितरण भइरहेको छ ।