भक्तपुर, ७ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमालेको भक्रपुर क्षेत्र नं. २ को प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले सस्तो बजारको शुभारम्भ गर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित हरित कृषी बजार भित्र राकेश प्रसाईले सञ्चालनमा ल्याउनुभएको उक्त सस्तो बजारको आज नेता बस्नेतले शुभारम्भ गर्नुभयो । सस्तो बजारको शुभारम्भ भएसँगै अब जिल्ला भित्र सडक पेटीमा फुट्पाट व्यवसाय गरी दैनीक गुजारा गर्दै आएका गरिब, निमुखा तथा विपन्न परिवारको व्यवसायीहरुलाई व्यवस्थापन गरी सुन्छदर र व्यवस्थित भक्तपुर निर्माण हुने नेता बस्नेत बताउनुभयो ।
सवै नागरिक ब्राण्डेड सामान मात्र खरिद गर्ने नभई सस्तो बजारका सामानहरु समेत किन्ने नागरिक हुने भएकाले क्षमता अनुसार किन्न पाउन र गरिवले पनि गरि खान पाउनुपर्नेमा नेता बस्नेतले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्ला भित्र सडक पेटीहरुमा फुट्पात व्यवसाय गरी दैनिक गुजारा गर्दै आउनु भएका गरिव, निमुखा र विपन्न परिवारका फुटपात व्यवसायीहरुलाई व्यवस्थापन गरी सुन्दर र व्यवस्थित भक्तपुर निर्माण गर्ने मेरो भावनालाई आत्मा साथ र कदर गर्दै सूर्यविनायक नगरपालिका वडा नं ८ जगातीको हरित कृषि बजार भित्र सस्तो बजार निर्माण गरी मेरै हातबाट रिबन काटी शुभारम्भ गर्ने अवसर प्रधान गर्नुभएकोमा संचालक राकेश प्रसाइलाई हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछु ।’
कार्यक्रममा एमाले सूर्यविनायक ‘क’ क्षेत्रका उम्मेदवार किरण थापा, सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराई, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतका सहभागिता रहेको थियो ।