भक्तपुर कांग्रेसद्वारा आचार संहिता उल्लंघन: राष्ट्रिय युवा संघले दियो उजुरी

भक्तपुर, ७ कार्तिक । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको संघारमा सत्ता गठबन्धन नेपाली कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचार संहिता व्यापकमात्रामा उल्लंघन गरेको छ ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापाविरुद्ध आज जिल्ला निर्वाचन कार्यालयमा लिखित उजुरी दिएको छ । मध्यपुर थिमी नगरपालिका प्रयोजक भई आर्थिक सहयोगमा मध्यपुर थिमी रक कन्सर्ड २०२२ नामक कार्यक्रममा कार्तिक ६ गते तथा मध्यपुर वडा व्यापी फुटवल प्रतियोगितामा असाोज ३० गते कांग्रेसका उम्मेदवार थापालाई प्रमुख अतिथि बनाई खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरी आचार संहिता उल्लंघन गरेको संघको दावी रहेको छ । कांग्रेसले केही दिन अघि पनि पर्चा पोष्टर तथा फ्लेक्स टाँगी आचार संहिता उल्लंघन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

काठमाडौँ, २७ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज काठमाडौँ

काठमाडौँ, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । 

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन