शीर्ष नेताको हेलिकोप्टर खर्च निगरानी गर्न अख्तियारलाई निर्वाचन आयोगको पत्र 

काठमाडौँ, ७ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरु समेतले हेलिकोप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ कि पर्दैन भन्ने स्पष्ट पार्न निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै कुन प्रयोजनका लागि हेलिकोप्टर प्रयोग भएको हो भन्ने जानकारी दिन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो सो खुलाएर पठाउन र हेलिकोप्टर प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित दलहरुलाई लेखी पठाउने निर्णय पनि गरेको छ । 

आयोगले हेलिकोप्टरलगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चीन, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा

काठमाडौँ, २० मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।   Exchange Rate for December

काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै