ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन, ७ कार्तिक । जिल्लाको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो । उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।