चाडबाडलाई भड्किलो र खर्चिलो नबनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउँन  आग्रह गरेकी छन् ।  

तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् ।  तिहारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’ तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको उल्लेख गर्दै उनले यस प्रकारका असल परम्परा र अभ्यासलाई हामीले जोगाउनु पर्ने बताएकी छन् ।

तर, बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने  क्रमशः हटाउँदै जानु पर्ने भण्डारीको भनाइ छ । ‘पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । ‍त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्दछु,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ मंसिर । राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ

क्यालिफोर्निया, १८ मंसिर । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई ५६ अर्ब डलर बराबरको

काठमाडौँ, १८ मंसिर । इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित

काठमाडौँ, १७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक र करसम्बन्धी मुद्दामा दोषी ठहर भएका आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक