मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ

बारा, ७ कार्तिक । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ । २ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो । बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर निवासी २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् । पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र २–०३–००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।