काठमाडौँ, ६ कार्तिक । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।
साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।