बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

काठमाडौँ, ७ कार्तिक । बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए ।

“सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौँ ।” चुनावका बेला सर्पदंश केन्द्र सञ्चालन गर्ने प्रतिबद्धताअनुसार केन्द्रको स्थापना गरी सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । सर्पदंश लागे स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिन सक्ने उहाँको भनाइ रहेको छ । “केन्द्रमा पुग्ने बासिन्दालाई सहजरुपमा कसरी सेवा पु¥याउन सकिन्छ, त्यसबारे सुधार गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो, “सर्पदंश लागेर अब कसैको ज्यान जाँदैन ।” आइतबार गाउँपालिका प्रमुख हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले केन्द्रको संयुक्तरुपमा शुभारम्भ गरे । केन्द्र सञ्चालनमा आएपछि बेलडाँडीसँगै बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकाका क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्स विरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको

काठमाडौँ, २३ मंसिर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३ सय ५० जना खेलाडीको सूची सार्वजनिक भएको

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । आज पहिलो क्वालिफायरमा अङ्क