काठमाडौँ, ७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै, पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र ‘सित्रगं’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
आज बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
त्यस्तै आज राति प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।