आठ जनाको उम्मेदवारमाथि भ्रष्टाचारदेखि जघन्य अपराधको अभियोग

काठमाडौँ, २८ असोज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार दिएका नेपाली काग्रेसका उम्मेदवार विजयकुमार गच्छदारदेखि स्वतन्त्र उम्मेदवार दिएका प्रभु साहसहित आठ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

निर्वाचन आयोगमा उजुरी परेकाको हकमा उम्मेदवारी खारेज भए पनि उजुरी नपरेकाहरूको हकमा कायम रहेको छ । विगतमा भ्रष्टाचार, जघन्य अपराधमा मुछिएकाहरूले योपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार दिएका थिए । तर, निर्वाचन आयोगमा उजुरी नपर्दा उम्मेदवार कायम रहेपछि अधिवक्ता अनिल आचार्यले विवादमा तानिएका आठ जनाविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै रिट दिएका छन् ।

आचार्यले उम्मेदवारी मनोनयनको विषय सार्वजनिक सरोकारको विषय भएको भन्दै विवादित व्यक्तिहरूको उम्मेदवारी खारेजको माग गर्दै रिट दिएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान