प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

काठमाडौँ, २८ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ ।

आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ । यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २/२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको १० प्रतिशत मतपत्र जगेडा छपाइ हुनेछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक, प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा फरक मतपत्र प्रयोग हुने जानकारी दिए । ‘१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकार र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३ सय ३० प्रकारका गरी ४ सय ९५ प्रकारका मतपत्रको प्रयोग हुन्छ, ती मतपत्रको छपाइ बिहीबारबाटै सुरु भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान