निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : उपाध्यक्ष पौडेल

रुपन्देही, २७ असोज । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर समेत गर्नुभयो ।

उहाँले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति अवलम्बन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौँ, २ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र

काठमाडौँ, १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका

काठमाडौँ, १ साउन । चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा