गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

काठमाडौँ, २७ असोज । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग बिदाइ भेट गरेकी छन् ।

कार्यकाल सकेर स्वदेश फर्कन लागेकी राजदूत यान्छीले बिहीबार गृह मन्त्रालयमा मन्त्री खाणसँग बिदाइ भेट गरेकी हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै नेपालको एक चीनन नीतिमा ढुक्क रहन आग्रह गरेका छन् । 

“नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ । नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ,” गृहमन्त्रीको सचिवालयले मन्त्री खाँणको भनाइ उद्धृत गर्दै भनेको छ, “छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा नेपाल सरकार संवेदनशील छ ।”

भेटमा खाँणले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताएको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान