पर्वतमा एमाले–कांग्रेससहित १२ उम्मेदवारबीच प्रतिस्पर्धा

पर्वत, २७ असोज । पर्वतमा प्रतिनिधि सभाको १ पदका लागि ३ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस एमालेसहित नौ वटा राजनीतिक दलले उम्मेदवारी दिएको यो जिल्लामा मुख्यगरी यिनै दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।  एमालेका पदम गिरी र नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशी उम्मेदवार छन् ।

यी बाहेक राप्रपाका दिपक बहादुर मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुर प्रसाद भुसाल, मंगोल नेशनल अर्गनाइजेसन चन्द्र बहादुर पाइजा पुन, राष्ट्रिय जनमुक्ति पार्टीका बल बहादुर थापा कांग्रेस वीपीका देवाखर भट्टराइ, नेपाल सुशासन पार्टीका भगवती पौडेल र  राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाल बहादुर पुर्जा पुन उम्मेदवार बनेका छन् । तीन स्वतन्त्रमा अरुण पौडेल, सीता देबी शर्मा र सावित्री शर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान