गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ, २७ असोज । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज दिउँसो गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ । भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए । 

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका