अरिङ्गालले टोकेर एक जनाको मृत्यु

मकवानपुर, २७ असोज । मकवानपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने  ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकेर मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भएका उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको हो । 

स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो । भीमफेदीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको र हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि  चितवनको टाडी स्थित बकुलहर अस्पताल पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान