क्लब प्लाटिनमा बाउन्सरलाई हतियार प्रहार गरी फरार दुईजना पक्राउ

काठमाडौँ, २७ असोज । काठमाडौँको दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पालाई काठमाडौँ महानगरपालिका–२६, गल्कोपाखास्थित हनुमानचोकनजिक धारिलो हतियार प्रहार गरी फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–२ घर भई काठमाडौँको बौद्ध बस्दै आएका २९ वर्षीय विनोद तामाङ र सोही ठाउँ बस्दै आएका ३३ वर्षीय जीवन तामाङ रहेका छन् ।

मोटरसाइकलमा आएका सात/आठ अपरिचित व्यक्तिले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार भएका थिए । घटनामा संलग्नमध्ये विनोद र जीवनलाई बौद्धबाट पक्राउ गरिएको हो । उनीहरूलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान