एमाले नछाड्ने भीम रावलको घोषणा

काठमाडौँ, २७ असोज । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरेका हुन् ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए । रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् । उनले आफू अछाम क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उमेदवार बनाइएको आरोप लगाए ।

“मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ,” उनले भने ।

रावलले पार्टी छाडेर स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् । उनले भुसाल सिफारिस भएको ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई टिकट दिइएपछि विद्रोह गर्नु सकारात्मक भएको बताए ।

“उहाँको त्यो स्वतन्त्रताको कुरा हो । उहाँको सन्दर्भमा त्यो कुरा मार्मिक छ । घनश्याम भुसालजी जुन ठाउँबाट सिफारिस हुनुभएको थियो, उहाँ स्थायी कमिटीको सदस्य, झन्डै पाँच दशक पार्टीमा काम गर्नुभएको । तर, उहाँलाई हटाएर हिजो जुन व्यवस्थाका निम्ति लड्यौँ,” रावलले भने, “जुन व्यवस्थालाई निर्दलीय भन्यौँ, त्यो व्यवस्थाका प्रमुख पात्रलाई उमेदवार बनाउँदा कुन एमालेका कार्यकर्ता, कुन नेपाली जनताले त्यो पाइला ठिक भन्न सक्ला ? यस्ता अन्यायपूर्ण कुरा गरेपछि कहिलेकाहीँ विद्रोह पनि हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका