देउवा र दाहालका प्रतिस्पर्धी २९ देखि ९९ वर्षसम्मका

काठमाडौँ, २७ असोज । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन् ।

प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ८० वर्ष नाघेका उम्मेदवार भिड्दैछन् ।

गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष दाहालसँग ९९ वर्षका स्थानीय टीकादत्त पोखरेल चुनावमा भिड्दैछन् । पोखरेल नेपाली कांग्रेस (बिपी) का तर्फबाट उम्मेदवार हुन् । उनी देशभरिमै सबैभन्दा पाका उम्मेदवार हुन् । दाहालसँग उनी मात्रै नभएर अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेका २९ वर्षीय अब्दुल सलाम मियाँलगायत स्वतन्त्रसम्मका उम्मेदवार दाहालसँग चुनाव भिड्दैछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान