जसपाका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ ।

स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन् ।’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलाई सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बिनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान